समाचार

पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, जनजीवनमा असर पर्ने सम्भावना

Sharing is caring!

वैशाख २५, २०८२ । देशका विभिन्न क्षेत्रमा हाल पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ । मौसम विज्ञान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा भित्रिएकाले मौसममा परिवर्तन आएको हो ।

यसको प्रभावले कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने, अन्य भागमा आंशिक बदलीदेखि सफा मौसम रहने अनुमान गरिएको छ ।

त्यस्तै, पहाडी क्षेत्रका थोरै स्थान र अन्य भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली भागका केही स्थानमा वर्षासँगै हिमपात हुने संकेत समेत देखिएको छ ।

राति पनि पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा र हिमाली भागमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ । यस्तो मौसमले जनजीवन, कृषि, यातायात, स्वास्थ्य र उडानमा असर पार्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *