देश

विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त

Sharing is caring!


जेठ ६, २०८२ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको छ।

राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयलाई लिएर पछिल्ला दिनमा देखिएको सत्ता गठबन्धनभित्रको अन्यौल र द्विविधामा अब स्पष्टता आएको छ। सरकारको यो निर्णयसँगै राष्ट्र बैंकमा लामो समयदेखि कायम अस्थिरता अन्त्य भएको छ।

डा. पौडेल अर्थशास्त्रका प्रखर विज्ञ हुन्। उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइसकेका छन् र सरकारी वित्त तथा मौद्रिक नीति सम्बन्धी विषयमा लामो अनुभव बोकेका छन्।

नियुक्तिसँगै राष्ट्र बैंकको नेतृत्वमा अब स्थायित्व आउने विश्वास व्यक्त गरिएको छ। पछिल्लो समय कार्यवाहक गभर्नरको भरमा रहेको बैंकको निर्णय प्रक्रिया प्रभावित भएको थियो। अब नयाँ गभर्नरको नेतृत्वमा मौद्रिक नीतिमा स्थायित्व र वित्तीय प्रणालीमा विश्वास सुदृढ हुने अपेक्षा गरिएको छ।

सरकारले गभर्नर नियुक्तिसँगै मौद्रिक नीतिको पारदर्शिता, वित्तीय अनुशासन र बजार स्थायित्व कायम गर्नुपर्ने चुनौतीसहितको जिम्मेवारी डा. पौडेललाई दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *