Headlineसमाचार

भिजिट भिसाको नाममा अर्बौं असुली ? सुमिरे टुर एण्ड ट्राभल्सविरुद्ध कारबाहीको माग

Sharing is caring!

असार १४, २०८२ ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्समाथि गम्भीर आरोप लगाउँदै सो विषयमा निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खतिवडाले सुमिरे टुर एण्ड ट्राभल्सले जापानमा भिजिट भिसाको नाममा विगत १० वर्षदेखि हजारौँ नेपालीसँग अर्बौं रुपैयाँ असुलेको दाबी गरे। उनले यस्तो कार्य बदमासीपूर्ण रहेको उल्लेख गर्दै दोषीमाथि कानुनी कारबाही गर्न माग गरे।

खतिवडाले विशेष रूपमा भिजिट भिसाका नाममा मानिस पठाएर संकलित रकम प्रयोग गरी केही व्यक्ति संसदसम्म पुगेको आरोपसमेत लगाए। उनले भने, “भिजिट भिसाको नाममा असुलिएको पैसा अब संसदसम्म आइपुग्यो, यो गम्भीर विषय हो, यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ।”

सांसद खतिवडाले संसदमा माननीय सदस्यहरू बोल्दा अवरोध गर्ने, नारा लगाउने प्रवृत्तिको पनि आलोचना गरे। उनले यस्तो संस्कृति अन्त्य गरी मर्यादित तरिकाले संसद सञ्चालन गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *