विजनेस

असहज आर्थिक अवस्थामा आएको बजेट सन्तुलित : अध्यक्ष सुनिल केसी

Sharing is caring!

जेठ १७, २०८१ । बैर्कस संघका अध्यक्ष सुनिल केसीले असहज आर्थिक परिस्थितिबाट देश गुज्रिएको समयमा सरकारले ल्याएको बजेट सन्तुलित भएको धारणा राखेका छन् । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बजेटमा समावेश भएका विषयहरुमा निजी क्षेत्र र सरोकारवालासँग गरेको अन्र्तक्रियामा अध्यक्ष केसीले नेपालको असहज आर्थिक अवस्थाको समयमा आएको बजेटले साबै क्षेत्रलाई सन्तुलित रुपमा समेटेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘अत्यन्त विषम परिस्थितिमा र अन्तर्राष्ट्रिय रुपमा पनि अप्ठेरो भैरहेको परिस्थितिमा यो बजेट आएको छ। बजेटबाट धेरैले विभिन्न क्षेत्रबाट आशा राखेका थिए । विशेषगरी वर्षमान पुन अर्थनमन्त्री भैसकेपछि ठूलो आशा थियो । यो बीचमा जुन किसिमले बजेट आयो त्यसलाई अहिलेको समय अनुसार हामीले सन्तुलित भएर आएको बजेटको रुपमा लिएका छौं ।’

इस्टार्टअपसँग जोडेर पर्यटन, हाइड्रोपावर, उर्जा, आईटी इन्डस्ट्रि, कृषिलगायत पाँच क्षेत्रमा प्लान रुपमा बजेट आएको उल्लेख गर्दै केसीले त्यसले नेपालको बैंकिङ क्षेत्रलाई आगामी वर्ष धेरै अवसरहरु प्रदान गर्ने बताए । उनले रियल अर्थतन्त्रमा प्रभाव पर्ने क्षेत्र यिनै पाँच भएको उल्लेख गरे ।

सरकारले त्यसैमा बजेट केन्द्रीत गरेकोले बैंकिङ क्षेत्रले आगामी वर्ष काम गर्ने धेरै अवसर पाउनेमा केसीले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *