समाचार

बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढाएपछि सरकार परिवर्तन भयो : देव गरुङ

Sharing is caring!


साउन ३, २०८१ । माओवादी केन्द्रका महासचिव देव गुरुङले बीआरआई परियोजनाको प्रक्रिया अगाडि बढ्ने क्रममा सरकार परिवर्तन भएको बताएका छन् । विहीबार काठमाडौंमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा उनले दुई पक्षीय वार्ता भएर बीआरआईको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भएको बताएका हुन् ।

उनले भने, ‘बीआरआईको सन्दर्भमा सबै दलहरु र राज्यका अंगहरुको सहमती जुट्न सक्यो भने मात्रै सम्झौता गर्ने, नभए केही समय पर्खिने भन्ने कुराले गर्दा ढिला हुँदै आइरहेको थियो । पछिल्लो समयमा दुई पक्षीय वार्ता भएर जब हस्ताक्षर गर्नुपर्ने, प्रक्रिया अगाडि बढ्ने चरणमा पुगेपछि सरकार परिवर्तन खेल सुरु भयो । सरकार परिवर्तन हुनुको पछाडि बीआरआई रहेको कुरा प्रष्ट छ ।’

उनले नेपालभित्र सहमती जुट्न नसकेका कारण बीआरआई परियोजनाको नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा सहमती जुट्न नसकेको बताए ।,

उनले भने, ‘बीआरआई परियोजनाको पहिलो चरणको सम्झौता २०१७ मा भइसकेको छ । नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौता गर्ने चरण अहिले हो । नीतिगत कार्यान्वयन सम्बन्धी सम्झौताको लागि गत वर्षदेखि निरन्तर रुपमा छलफल चलिरहेको छ । तर यसको कागजात तयार गर्ने क्रममा नेपालको तर्फबाट सहमति हुँदाहुँदै हस्ताक्षर गर्ने प्रक्रियामा ढिला भइरहेको छ । पटक पटक हस्ताक्षरको लागि पहल भएको छ । तर नेपालभित्रको आफ्नो सहमती जुट्न नसकेको कारणले गर्दा नीतिगत कार्यान्वयन सम्बन्धी प्रस्तावमा अझै सहमती हुन सकेको छैन् ।’

नेपाललाई स्वाधिन राष्ट्र बनाउने कि नबनाउने भन्ने प्रश्नसँग बीआरआई परियोजना सम्बन्धित रहेको भन्दै आगामी दिनमा आपसी सहमतीको आधारमा फेरि यो परियोजना अगाडि बढाउन जरुरी रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *