Headlineदेश

विनियोजन विधेयक २०८२ आजको बैठकबाट पारित गरिने

Sharing is caring!

असार १०, २०८२ । संघीय संसदको प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने कार्यसूची रहेको छ । बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले आजकै बैठकमा आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि पनि विचार गरियोस् भनी प्रस्ताव गर्ने तयारी गरेका छन् ।

बैठकको प्रारम्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम तय गरिएको छ ।

यस्तै, सांसद अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङ ल्हामु लामा (तामाङ), नारायणी शर्मा, गंगा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौती प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *