समाचार

भ्रष्टाचार र वेथितिविरुद्ध नेकपा बहुमतले सार्वजनिक गर्‍यो घोषणाको कार्यक्रम

Sharing is caring!


भदौ ११, २०८१ । नेकपा (बहुमत) ले भ्रष्टाचार र वेथितिविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर असोज ३ गतेसम्मको संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।

पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सरकारले अहिलेसम्मका भ्रष्टाचारीलाई चोख्याउने र नीतिगतरुपमै भ्रष्टाचार गर्ने वातावरण बनाउन कानुनमा पाँच बर्षे हदम्यादको प्रस्ताव गरेको बताए ।पाँच बर्षे हदम्यादको प्रावधान भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयन्त मात्र नभएर देशकै अस्तित्वमाथि आघात पुर्याउने षड्यन्त्र भएको बताउँदै बास्तोलाले सो प्रस्ताव खारेज गर्न माग समेत गरे ।

उनले भने, ‘भ्रष्टाचारको अनुसन्धान र मुद्दा दायर गर्न पाँच बर्षे हदम्याद सम्बन्धी प्रस्ताव भ्रष्टाचारलाई संस्थागत गर्ने सामान्य प्रयत्न मात्रै नभएर नेपाली जनता र नेपाल राष्ट्रको अस्तित्वमाथि नै आघात गर्ने खतरनाक षड्यन्त्र हो ।’ बास्तोलाले भ्रष्टाचारको तीन प्रकारका हुने बताउँदै सबैभन्दा डरलाग्दा र खतरनाक नीतिगतरुपमा हुने भ्रष्टाचार बताए । कार्यविधिमा हुने भ्रष्टाचार सबैभन्दा बाहिरी भ्रष्टाचार भएको बताउँदै उनले यो सामान्य नागरिकले थाहा हुने बताए ।

उनले कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाचार मध्यम खालेका हुने र सिमितलाई मात्रै थाहा हुने बताए ।

उनले भने, ‘भ्रष्टाचारको विविध आयम रहेका छन् । नीति, कार्ययोजना, कार्यक्रम र कार्यविधिमा हुने भ्रष्टाचार अन्तरगत अधिकांश जनतलाई थाहा हुने भनेको कार्यविधिमा हुने भ्रष्टाचार हो, जुन सबैभन्दा बाहिरी तहको भ्रष्टाचार हो । कार्ययोजना र कार्यक्रममा हुने भ्रष्टाार केही सिमित मानिसहरुलाई थाहा हुन्छ, यो मध्यम भ्रष्टाचार हो, नीतिगत भ्रष्टाचार सबैभन्दा कम मानिसहरुलाई थाहा हुन्छ, जो उच्च तहको र खतरनाक भ्रष्टाचार हो ।’

वित्तिय क्षेत्रबाट हुने शोषण भ्रष्टाचारको अर्को अमानवीय उदाहरण भएको बताउँदै बैंक र वित्तिय संस्थाहरुबाट मध्यम र निम्नमध्यम वर्ग मात्र नभएर न्यून आय भएका जनतासमेत शोषित हुने परेको महासचिव बास्तोलाले बताए ।

बैंकहरुबाट ऋण लिएका १९ लाख र सहकारी एवं वित्तिय संस्थाहरुबाट ऋण लिएका २३ लाख ऋणीहरु भएको बताउँदै राजनीतिक पार्टी, ठूला नोकरशाह, दलालले विना धितो र ब्याज खर्बौं रकम परिचालन गरेको बास्तोलाले बताए । उनले न्यून आय भएका नागरिकलाई अनिवार्य धितो, नियमित किस्ता नतिरे जरिवाना र ब्याजलाई पुनः बिगोमा बदल्ने चक्रवृत्ति ब्याजको दुश्चक्रमा फसाउन गरिएको बताए ।

सावा बराबर ब्याज पुगेपछि ब्याज नलाग्ने कानुनी व्यवस्थाको उल्लंघन गरी ऋणीहरुको सम्पत्ति तुरुन्तै धितो लिलाम गर्ने गरिएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले अब संघर्ष गर्ने बताए । देशलाई ऋणमा डुबाएर सत्ताधारीहरुले भ्रष्टाचार गरेको बताउँदै महासचिव बास्तोलाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई अपील समेत गरेका छन् ।

महासचिव बास्तोलाले उच्च तहमा पुगेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार ठहरिएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताए । त्यस्तै, निजि बैंकहरु खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने समेत बताए ।

आन्दोलनका मागहरु :
– भ्रष्टाचार सम्बन्धी पाँच बर्षे हदम्याद राख्ने निर्माणधिन कानुन खारेज गरे ।
– मन्त्रिपरिषदले नीतिगत निर्णय गरी गरिएका भ्रष्टाारमा अख्तियार नलाग्ने प्रावधान खारेज ।
– सबै खाले बैंक तथा वित्तिय लुटपाटजन्य भ्रष्टाचार बन्द गर ।
– सावा बराबरभन्द बढी ब्याज असुल्न नपाउने सर्वोच्च अदालतको फैसला सबै क्षेत्रमा लागू गर ।
– नेपाली बैंक (राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड) का शाखाहरु गाउँगाउँसम्म स्थापना गर ।
– सम्पूर्ण व्यवसायीक बैंकहरु खारेज गर, त्यसको सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रिय उद्योगहरु स्थापना गर ।
– बैंकले ऋणीको धितो लिलाम गर्दा सावा बराबरको ब्जाजभन्दा बढीको धन प्रचलित मूल्यमा फिर्ता र्ने व्यवस्था गर ।
– भ्रष्टाचारमा मुछिने अदालत र न्यायाधीशहरुलाई अख्तियारको छानविनमा ल्याउने व्यवस्था गर ।
– नेपालबाट भ्रष्टाचार गरी विदेशमा राखिएको सम्पत्ति फिर्ता गर ।
– अहिलेसम्मका सम्पूर्ण उच्च पदस्तहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचा गरिएको सम्पत्ति राष्ट्रियकरण गर ।

संघर्षका कार्यक्रहरु :
भदौ,
– ११ गते पत्रकार सम्मेलन ।
– १४ गते सबै जिल्लाहरुमा कोणसभा ।
– १५ गते प्रदेश राजधानीमा भ्रष्टाचार काण्डबार कोषणसभा ।
– १६ देखि १९ गतेसम्म सबै जिल्लाहरुले सबै क्षेत्रका भ्रष्टाचारका घटनाहरु सार्वजनिक गर्ने ।
– २० गते सबै जिल्लामा भ्रष्टाचार र वित्तिय शोषणविरुद्ध मशाल जुलुस ।
– २५ गते सबै जिल्लामा भ्रष्टाचारविरुद्ध जनसंघर्ष समिति घोषणा गरी संयोजकको नाममा विज्ञप्ति जारी गर्ने ।
– २६ देखि ३१ गतेसम्म महानगर, उपमहानगर, नगरपालिका-गाउँपालिकाहरुमा बेरुजुको विवरण सार्वजनिक गर्न दबाब सिर्जना गर्ने ।

असोज ३ गते काठमाडौँमा महासचिवको उपस्थितिमा जनप्रदर्शन गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *