समाचार

सौर्य जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

Sharing is caring!


साउन ९, २०८१ । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए ।

उनले भने,‘दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न श्री रतिशलाल कर्णको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ ।’

साथै, वैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *