समाचार

बालेन शाहको व्यङ्ग्य : देश डुबाउदा नबुझे, बत्ती काटेर महसुस गरायो !

Sharing is caring!

जेठ २, २०८२ । काठमाडौं महानगर प्रमुख बालेन शाहले पछिल्लो समय मुलुकभर देखिएको लोडसेडिङप्रति व्यङ्ग्यात्मक शैलीमा सरकारमाथि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “देशनै डुबाउदा पनि जनताले नबुझे पछि, सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ! हेप्ने सरकारलाई???”

यो टिप्पणी देशभर विद्युत आपूर्तिमा समस्या देखिएको, काठमाडौं उपत्यकामा समेत लोडसेडिङ बढ्दै गएको, र जनताको असन्तुष्टि चुलिएको समय आएको हो ।

बालेन शाहले यथार्थ उजागर गर्दै विभिन्न बेला सरकारको नीति, निर्णय र कार्यशैलीमाथि आलोचना गर्दै आएका छन्। उनको पछिल्लो अभिव्यक्ति सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ ।

‘पावर महसुस गराएको’ भन्ने भनाइले सरकारको शक्ति जनसेवामा नभइ जनपीडामा प्रयोग भइरहेको संकेत दिएको देखिन्छ । नागरिकहरू सरकारको भूमिकालाई जनतामैत्री नभई जनविरोधी भएको आरोप लगाइरहेका छन् ।

उनले सरकारलाई ‘हेप्ने’ भनाइ प्रयोग गर्नुको अर्थबारे टिप्पणी गर्दै कतिपयले यसलाई संघीय सरकार र स्थानीय सरकारबीचको समन्वय अभावको प्रतीक भनेका छन् । कतिपयले स्वतन्त्र र आलोचनात्मक धारणा राख्ने निर्वाचित नेतृत्वप्रति केन्द्रको असहिष्णुताको रूपमा पनि व्याख्या गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *