Headlineअखवार

पतञ्जलिको जग्गा हदबन्दी प्रकरणमा अनुसन्धान शुरू गरेपछि सञ्चालक सिंह सुटुक्क भारतमा

Sharing is caring!


जेठ १४, २०८२ । अख्तियार दुरुपयोग अनुन्धान आयोगले अनुसन्धान शुरू गरेपछि पतञ्जलि नेपालका सञ्चालक ट्रस्टी शालिकराम सिंह नेपाल छाडेर भारतमा पुग्नुभएको छ । उच्चस्रोतका अनुसार गत बिहीबार उहाँ भैरहवा हँुदै हरिद्वार पुग्नुभएको हो । शुक्रवार पतञ्जलि योगपीठका प्रमुख बाबा रामदेव र आचार्य बालकृष्णलाई भेटेका सिंहलाई हरिद्वारमा बस्न नदिएपछि भारतमा लुकेर बस्नुभएको हो । बाबा रामदेव र आचार्य बालकृष्णले ट्रस्टी सिंहले भारतलाई नै धोखा दिएको र पतञ्जलिको बदनाम गरेको आरोप लगाउँदै हरिद्वारमा बस्न नदिएको स्रोतले जनायो ।

सिंह हाल भारतको कुन ठाउँमा बसेका छन् भन्ने विषयमा कसैलाई जानकारी छैन । मन्डिखाटारस्थित घरबाट कर्मचारीलाई समेत जानकारी नदिई भारत हिँडेका सिंह नेपाल फर्किन्छन् वा फर्किन्नन् भन्ने पनि अनिश्चित छ । बाबा रामदेव र आचार्य बालकृष्णको नाम बेचेर अर्बांै सम्पत्ति जोडेका ट्रस्टी सिंहले दुवैजनालाई जानकारी नै नदिई काभ्रेको जग्गा प्लटिङ गरी बिक्री गर्नुभएको थियो ।

स्रोतका अनुसार पतञ्जलीको नाममा काभ्रे, स्याङजा, काठमाडांै, धनुषालगायत एक दर्जनभन्दा बढी जिल्लामा सम्पत्ति छ । सबै सम्पत्ति संस्थाको नाममा छैन । सिंहका छोरा, छोरी, आफन्त र विभिन्न कम्पनी खडा गरी ती सम्पत्तिहरू राखिएका छन् । अख्तियारको अनुसन्धानको क्रममा जग्गा घोटाला घटनामा मुछिएका सिंहलाई सरकारले नेपाल प्रहरीको निजी सुरक्षागार्ड९पीएसओ०को समेत व्यवस्था गरेका थिए । सिंहले नेपाल छाड्दा त्यही पीएसओलाई समेत जानकारी दिएका छैनन् ।

उच्चस्रोतका अनुसार काभ्रेको जग्गा घोटाला काण्डमा बाबा रामदेव र आचार्य बालकृष्णको नाम जोडिएपछि दुवै जनालाई फकाउन सिंह पटकपटक हरिद्वार पुग्नुभएको थियो । स्रोतका अनुसार अख्तियारको छानबिनको विषयमा आफ्नो नाम जोडिएपछि बयान दिन तयार भएका आचार्य र बाबा रामदेवलाई सिंहले नै रोकेको र सोही कारण दुवैजना ट्रस्टी सिंहसँग क्रुद्ध बनेका हुन् । नेपालमा जवाफ दिन रोकेको कारण ट्रस्टी सिंहलाई हरिद्वारमा बस्न नदिएको हो ।

सिंहले बाबा रामदेव र आचार्य बालकृष्णलाई अख्तियारको काण्ड मिलाउन आफूले माथिल्लो निकायसँग कुराकानी गरिरहेको बताउँदै दुवैजनालाई गुमराहमा राख्नुभएको बताइएको छ । अहिले सोही विषयमा बाबा रामदेव र आचार्यले सिंहलाई कारबाही गर्नुपर्ने सम्मको विचार दिने तयारी गरिरहेको बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारलाई पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले के कसरी प्रयोग गरी जग्गा हत्याउन सफल भयो भन्ने तथ्य उजागर भएलगत्तै जोगिने सम्भावना नरहेको अडकल गर्दै सिंह सुटुक्क भारत जानुभएको हो । काभ्रेको जग्गा प्रकरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपालसँग समेत बयान लिइसकेको छ ।

आयोगले तत्कालीन प्रधानमन्त्री नेपाल दोषी ठहरिएकाले अख्तियारले नेपालमाथि समेत मुद्दा दायर गर्ने गरी अनुसन्धानलाई अन्तिम अवस्थामा पु¥याएको बताइएको छ । पतञ्जलिले तत्कालीन मन्त्रिपरिपषद्, मन्त्री तथा सचिवलगायतका सरकारका उच्च पदस्थहरूलाई के कसरी प्रभावमा पारी जग्गा हत्याउन सफल भयो रु भन्ने सम्बन्धमा लामो अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा पत्ता लगाएका तथ्यको आधारमा तत्कालीन प्रधानमन्त्री नेपाल, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, सचिवहरू छविराज पन्तलगायतको समूहलाई पतञ्जलिले सहजै प्रभावमा पार्न सफल भएको पाइएको छ ।

पतञ्जलिको स्वार्थमा कसरी सरकार नै प्रयोग भयो र कानुन, नियम तथा कार्यविधिको समेत धज्जी उडाएर पतञ्जलिलाई शुरूमा हदबन्दी भन्दा बढीको जग्गा खरिद गर्न दिइयो र पछि सो जग्गासमेत बिक्री तथा सट्टापट गर्न दिइयो भन्ने विषयहरू अनुसन्धानका क्रममा खुलासा भएका छन् ।

माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले नै पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई शुरूमा हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र पछि बिक्री तथा सट्टापट्टा गर्न दिनेगरी फटाफट निर्णय गरेको थियो । पतञ्जलिका ट्रस्टी सिहको योजनामा मन्त्रिपरिषद्ले गैरकानुनी तरिकाले हदबन्दीभन्दा बढी जग्गा खरिद, खरिद गरिएको जग्गा सट्टापट्टा तथा बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

उद्योग प्रतिष्ठानलाई अधिकतम हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिनेसम्बन्धी कार्यनीति २०६२ स्थगन (सस्पेन्डेड)मा रहेको र नयाँ कार्यनीति मस्यौदाको चरणमा रहेका बेला विना कुनै कार्यविधि मन्त्रिपरिषद्ले गैरकानुनी निर्णय गरेको अख्तियारको अनुसन्धानका क्रममा फेला परेको छ ।

मन्त्रिपरिषद्को उक्त गैरकानुनी निर्णयको आधारमा पतञ्जलिले हदबन्दीभन्दा बढी जग्गा आफ्नो नाममा दर्ता गरिसकेपछि काभ्रेपलाञ्चोकमा रहेको सो जग्गा ४ करोड २२ लाख ५० हजार रुपियाँमा बिक्री गरेको थियो ।

हदबन्दीभन्दा बढी जग्गा बिक्री गरी प्राप्त गरेको रकमबाट १ करोड ७ लाख ५० हजार रुपियाँ मूल्यको जग्गा खरिद गरे पनि बाँकी ३ करोड १५ लाख रुपियाँ बराबरको जग्गा खरिद गरेको देखिँदैन । अख्तियारले पतञ्जलिका ती सबै जग्गाहरू रोक्का राखेको छ । पतञ्जलिको सयांै रोपनी जग्गा सिंहले आफ्नो नाममा राखेर चलखेल गरेको जानकारी पाएपछि हरिद्वारले ट्रस्ट सञ्चालन गर्ने सहयोगीको खोजीमा रहेको स्रोतको भनाइ छ । तर, ट्रस्टी सिंहले अधिकांश सम्पत्ति आफू निकट व्यक्ति र कम्पनीमा सारिसकेका छन् । यो खबर नेपल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *