मनोरञ्जन

कान्स रेड कार्पेटमा ‘मोदी हार’ सहित चम्किइन् अभिनेत्री रुचि गुर्जर

Sharing is caring!

जेठ ६, २०८२ । फ्रान्सको कान्स शहरमा जारी प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल २०२५’ मा भारतीय अभिनेत्री रुचि गुर्जरको उपस्थितिले विशेष चर्चा पाएको छ ।

उनले यसपटक रेड कार्पेटमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर अंकित विशेष हार (नेकलेस) लगाएर भाग लिएकी थिइन्, जसले मात्र उनीप्रति होइन, भारतको बदलिँदो पहिचानप्रति समेत चासो र चर्चा निम्त्याएको छ ।

रुचिले उक्त हार लगाउनुका कारणबारे प्रतिक्रिया दिँदै भनेकी छिन्, यो हार केवल गहना होइन, दृष्टिकोण, शक्ति र भारतको विश्वस्तरमा प्रगतिप्रति समर्पण हो ।

कान्समा यसलाई लगाउनु मेरो तर्फबाट उनीप्रति सम्मान प्रकट गर्ने तरिका हो, जसले भारतलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *