मनोरञ्जन

शर्मिला बनिन् ब्युटिसियन ट्यालेन्ट नेपाल

Sharing is caring!

जेठ १, २०८१ । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनले आयोजना गरेको ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छन् ।

बेस्ट नेलआर्टको उपाधिसमेत जितेकी शर्मिलाले विजेता भएबापत २५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन् ।
काठमाडौंको जमलस्थित नाचघरमा सोमबार बेलुका सम्पन्न प्रतियोगितामा १५ हजार रुपैयाँसहित फस्र्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापा, १० हजार रुपैयाँसहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारी, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निसियन अवार्ड रजनी राईले जिते ।

त्यस्तै विमली तामाङले भ्युअर्स च्वाइस, बेस्ट ड्रेस र इन्नोसेन्ट ब्युटिसियन, एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड र फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्ली र मल्टिमिडिया च्वाइस अवार्ड, सबिना शाहीले मस्ट पन्चुअल अवार्ड, अनिता कालीकोटेले मस्ट इन्नोसेन्ट ब्युटिसियन अवार्ड, जेस्मी श्रेष्ठले मस्ट डिसिप्लेन अवार्ड, मैना श्रेष्ठले मस्ट फ्रेन्डली अवार्ड, उषा कापडले बेस्ट एण्ड हेल्दी हेयर अवार्ड जिते ।

यस्तै हिसिला महर्जनले बेस्ट स्किन अवार्ड, अस्मिता अधिकारीले स्माइल अवार्ड, सनम खडगीले अर्गनाइजर च्वाइस र मस्ट ब्युटीफुल अवार्ड, सबिना महर्जनले मस्ट कन्फिडेन्ट अवार्ड, सृजना श्रेष्ठले मस्ट इन्टेलिजेन्ट अवार्ड, लक्ष्मी पोखरेलले बेस्ट फिटनेस अवार्ड, मञ्जु खत्रीले बेस्ट पर्सनालिटी अवार्ड, सम्झना सुवेदी थापाले बेस्ट मेहन्दी आर्ट अवार्ड, अम्बिका खत्रीले बेस्ट केराटिन टेक्निसियन अवार्ड, आरती राईले बेस्ट क्याटवाक अवार्ड, ऋतु राना(रिता)ले बेस्ट मेकअप अवार्ड र रीता भट्टराईले म्यानेजमेन्ट च्वाइस अवार्ड जिते ।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर आयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, ब्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाइनर गोमा अधिकारी धिताल र हाइड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सियल कुमुद भट्ट थिए ।

कार्यक्रममा सौन्दर्यकर्र्मीहरु ललिता जोशी, राजेश्वरी शिल्पकार, सीता श्रेष्ठ, पुनम थापा, स्मृति सुब्बा, इन्दिरा सुवेदी पुरी र सौन्दर्यकर्मी कुसुम भण्डारीलाई सम्मान गरिएको थियो ।

यस्तै हिमालयन ब्रुअरीका जनरल म्यानेजर श्यामबहादुर श्रेष्ठ, अभिनेता प्रवण भुसाल, गायक ओम सुनार, फेशन डिजाइनरहरु दिलमाया मगर, सुजन देउवा, कुमार श्रेष्ठ, गायक आर्जन पाण्डे, मोडल रुविना अधिकारी, डान्स कोरियोग्राफर रबिता मगर पनि सम्मानित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *