समाचार

तीनकुनेमा ट्राफिक लाइटमा रोकिएका सवारीमा बस ठोक्किँदा एक युवतीको ज्यान गयो, तीन घाइते

Sharing is caring!

वैशाख २५, २०८२ । पेप्सीकोलाबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ७०६२ नम्बरको यात्रुवाहक बसले तीनकुनेस्थित मुनीभैरव मन्दिर अघिको सडकमा ट्राफिक लाइटमा रोकिएका सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीया नगिना तामाङको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोरम्बाका २७ वर्षीय पदम थापामगर, भ्यान चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुरका ३५ वर्षीय रत्नबहादुर सार्की र बसमा सवार दोलखा गौरीशंकरकी २४ वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।

ठक्कर दिने बस चालक रामकुमार खड्का, मोटरसाइकल र भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *