समाचार

गठ्ठाघरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

Sharing is caring!

साउन ३१, २०८१ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई टक्कर दिदा घटना स्थलमै मृत्यु भएको हो ।
मृत्यु भएकी महिलाको सनाखत भएको छैन । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।

घटनापश्चात घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *