समाचार

पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईमाथि कारबाही नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

Sharing is caring!

भदौ २५, २०८० । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नु पर्छ भन्ने देखाउने चेतावनी दिएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले, राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चहान्छु, अब तपाईका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं किन भने धेरै फुर फुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौ ।’ उनले भने ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमा हामी एकजुट छौ ।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ ।

बालुवाटारको जमिन प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरु हुन्छ । यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरुको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरुद्धमा हो ।


उनले आफ्नो आफूहरुको आस्थामाथि पटक पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउँने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगरन् भनेको छ त्यो चाही अतिवादी हो । हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन् उनीहरुलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ । ’ उनले भने ।

संविधानमा गाई मार्यो भने तीन वर्षको सजाँय भएपनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *