काठमाडौंबाट २५ करोड रकमसहित दुई जना पक्राउ
चैत ५,२०८१ । नेपाल प्रहरीको विशेष टोलीले राजधानी काठमाडौंबाट ठूलो मात्रामा विदेशी मुद्रासहित करिब २५ करोड रुपैयाँ बरामद गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार बरामद रकममा नेपाली रुपैयाँसहित अमेरिकी डलर, युरो लगायतका विभिन्न देशका मुद्राहरू रहेका छन्।
प्रहरीले ना १ ख १६५२ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरेको जनाएको छ। सोही ट्रकका चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

