Headlineबिचार/ समाज

‘गतिशील भौतिकवाद’ सार्वजनिक, विचारको जगतमा नयाँ बहसको सुरुवात

Sharing is caring!



जेठ २४, २०८२ । सशस्त्र प्रहरी नायब निरीक्षक नन्दराज जोशी (मानव प्रकृति) द्वारा लिखित ‘गतिशील भौतिकवाद’ नामक पुस्तक शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। रिपोर्टर्स क्लबमा आयोजित समारोहमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उक्त पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्रवक्ता एवं वरिष्ठ वैज्ञानिक डा. सुरेशकुमार ढुंगेल, नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा पूर्वमन्त्री भानुभक्त जोशी लगायतका व्यक्तित्वहरू उपस्थित थिए। वैज्ञानिक ढुंगेलले पुस्तकको समीक्षात्मक प्रस्तुति गर्दै त्यसमा समावेश गरिएको दृष्टिकोणप्रति चासो र समर्थन जनाए।

समारोहमा प्रमुख अतिथि झलनाथ खनालले लेखक जोशीलाई शुभकामना दिँदै पुस्तक विचारको क्षेत्रमा नयाँ खालको छलफल ल्याउने सामर्थ्य भएको बताए। खनालले भने, “नेपालको विचारको दुनियाँमा नयाँ बहस सुरु गर्ने अवसर यो पुस्तकले दिएको छ। यसका लागि लेखकलाई धन्यवाद दिन चाहन्छु।”

खनालले दर्शनको गहिरो पृष्ठभूमिबारे चर्चा गर्दै नेपालको सन्दर्भमा कपिल दर्शन र त्यसपछि विकास भएको बौद्ध दर्शनको ऐतिहासिक प्रवाह स्मरण गरे। उनले भने, “बुद्ध दर्शनले सृष्टिको उत्पत्ति र विनाशको विचार ल्यायो। अहिलेको युगमा समाजवादी चिन्तन आवश्यक छ भन्ने माक्र्सवादी धारणा सान्दर्भिक बन्दै गएको छ।”

पूर्वप्रधानमन्त्री खनालले विज्ञान र दर्शनमा अन्तिम सत्यको अवधारणा खतरनाक हुन सक्ने औँल्याउँदै निरन्तर अनुसन्धान र बहसलाई जोगाइराख्नुपर्नेमा जोड दिए। उनका अनुसार नेपालमा विचार केवल पुस्तकालयमा सीमित हुनु हुँदैन, त्यो व्यवहार र जनजीवनसँग गाँसिएर जीवित रहनुपर्छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालसम्बन्धी पत्रकारको प्रश्नमा खनालले टिप्पणी गर्दै मुद्दा अहिले अदालतको विषय भएकोले राजनीतिक टिप्पणी गर्नु अनुचित हुने बताए। उनले भने, “गणतन्त्र र शासन प्रणाली पारदर्शी र जनमुखी बनाउन अझै धेरै काम गर्न बाँकी छ।”

कार्यक्रममा पूर्वमन्त्री भानुभक्त जोशीले बझाङजस्तो दुर्गम जिल्लाबाट कार्यरत प्रहरी अधिकृतले लेखेको यस्तो गहकिलो पुस्तक देखेर आफू गर्वित भएको बताए। उनले पुस्तकले मानव शरीरदेखि ब्रह्माण्डसम्मको विकासक्रम अध्ययन गरेको भन्दै प्रशंसा गरे।

लेखक नन्दराज जोशीले पनि पुस्तकको प्रेरणा, प्रक्रिया र मूल विचारबारे प्रकाश पारे। उनले आफूले मानव चेतना, गतिशील पदार्थ, र रिलेटिभ तत्वहरूको अध्ययन गर्दै सात वर्षको प्रयासपछि पुस्तक तयार पारेको बताए। उनले भने, “चेतना के होरु कसरी निर्माण हुन्छरु भन्ने गम्भीर सवालको उत्तर खोज्दै म मनको अध्ययनतर्फ लागेँ।”

जोशीको भनाइअनुसार, मानव भौतिकवाद पुस्तकको मुख्य विषय हो, जसले गतिशील पदार्थ र मानव चेतनाबीचको सम्बन्ध बुझ्न खोजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *