अखवार

वैदेशिक रोजगार विभागमा ३६ हजार ठगीका मुद्दा दर्ता

Sharing is caring!


असार ११, २०८२ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औँल्याएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताए । वैदेशिक रोजगार विभागमा हाल करिब ३६ हजार वैदेशिक रोजगार ठगीका मुद्दा दर्ता भएको र कानुनको छिद्रलाई आधार मानेर ठगी गर्नेको क्रम बढ्दो छ ।

‘यी मुद्दा सम्बोधन गर्न संस्थागत संरचनामा विस्तार गरी जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिनेकार्य अघि बढाएका छौँ’, मन्त्री भण्डारीले भने, ‘वैदेशिक रोजगार ऐनमा संशोधन गरेर ठगी मुद्दा हेर्ने काम प्रत्येक जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्ने र जिल्ला अदालतमा मुद्दा दायर गरेर फस्र्र्छौट गर्ने काम अघि बढे पीडितले राहत पाउनेछन् भन्ने सोचले ‘फास्ट ट्रयाक’मा अघि बढाउन खोजेका छौँ ।’

मन्त्री भण्डारीले सांसदहरूको प्रश्नको जबाफ दिँदै मन्त्रालयले हाल गरेका र आगामी वर्षमा गर्नेकार्यको विवरणबारे जानकारी दिए । देशमा कुल जनसंख्याको करिब ११ दशमलव ६ प्रतिशत बेरोजगार रहेका उल्लेख गर्दै उनले तत्काल आन्तरिक रोजगारी सिर्जना गर्न थप चुनौती र चिन्ताको विषय बनेको बताए । यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *