देश

महोत्तरीमा बस दुर्घटना, १५ जना घाइते

Sharing is caring!


फागुन २३, २०८१ । महोत्तरी जिल्लामा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको बस मडईस्थित सडकबाट पल्टिँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घाइते यात्रुहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *