देश

स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

Sharing is caring!


असोज १०, २०८१ । मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ ।
मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जनाए ।

सापकोटाका अनुसार ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने सकिने र ४ गते बेलुकासम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ ।
५ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सकिने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।

मंसिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *