विजनेस

सेयर कारोबारमा क्रमिक सुधार

Sharing is caring!

भदौ २२, २०७५ । बिहीबार नेपाल स्टक एक्सचेन्जमा परिसूचक घटेको भए पनि कारोबार रकममा भने सुधार आएको छ । नेप्सेमा ७९ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । यो कारोबार रकम नेप्सेको औसत दैनिक कारोबार रकमभन्दा धेरै हो ।

बिहीबार कारोबार सुरु हुँदा १२३४.१३ अंकमा रहेको नेप्से ४.३६ अंकले घटेर १२२९.७७ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले घटेको छ ।

बिहीबार नेप्सेका कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.०९, विकास बैंक १५.०९, जीवन बिमा ३८.८२, निर्जीवन बिमा ८४.०७, वित्त ३.२२, जलविद्युत् १५.९६, होटल ४.९४ र लघुवित्त समूह १५.०८ अंकले घटेका छन् । तर, अन्य समूह १४.०५, व्यापार ३.७६ र उत्पादनमूलक समूह भने २०.४१ अंकले बढेका छन् ।

बिहीबार नेप्सेमा १७४ कम्पनीको ८६५३ कारोबारबाट ७९ करोड ७३ लाख रुपैयाँ बराबरको ३२ लाख ३९ हजार ९८५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *