विजनेस

सुन मूल्य तोलामा चार हजारले घट्यो

Sharing is caring!

जेठ २७, २०८१ । आइतबार सुनको भाउ एकैदिन तोलामा ४ हजार रुपैयाँ घटेको छ ।

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *