खेलकुद

सिसेक्पा कप मर्स ‘ए’ ले जित्यो

Sharing is caring!

साउन २९, २०८० । चौथो संस्करणको सिसेक्पा कप फुटसल प्रतियोगिता २०२३ को उपाधि मिडिया इभेन्ट रिसर्च सेन्टर मर्सले जितेको छ ।

आइतबार ललितपुरको फुटसल भिलेजमा सम्पन्न फाइनल खेलमा मर्स ‘ए’ले ड्रिमर्स एफसीलाई ३–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।

उपाधि सँगै मर्स ‘ए’ ले नगद ६० हजार र ट्रफी पाएको छ । यता उपविजेता ड्रिमर्स एफसीले नगद ३० हजार ट्रफीमा चित्त बुझायो। ४५ टोलीको सहभागिता रहेको उक्त खेल याक्थुङ युवा मञ्चले सञ्चालन गरेको हो।

यस्तै फाइलन खेल अघि महिला टोलीको मैत्रिपुर्ण खेल पनि सम्पन्न भएको थियो। जसमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै नगद ५–५ हजार प्राप्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *