खेलकुद

साफ यु–१७ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

Sharing is caring!


असोज ५, २०८१ । साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दै छ । चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरुहुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।

नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टिम उपाधि जित्नका लागि भुटान आएको बताउँदै नेपाली टिमले काठमाडौंमा पनि अभ्यास राम्रो गरेको बताउँदै भुटानको मौसमका कारण पनि नेपाललाई खेल्न सहज हुने विश्वास व्यक्त गरे ।

टिमका सबै खेलाडी फिट रहेको बताउँदै २३ जनाबाट उत्कृष्ट प्लेयिङ सेट उतार्ने उनको भनाई छ । सन् २०२२ को साफ यू १७ मा उप विजेता भएको नेपालको लक्ष्य नै उपाधि रहेको उनको भनाई छ ।

नेपालको समूहमा घरेलुटोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन् । यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १(० गोलको जीत दर्ता गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *