देश

सरकारलाई संसदीय समितिबाट चार बुँदे निर्देशन

Sharing is caring!

असोज १५, २०८१ । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई सम्भव भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरी हालै गएको बाढीपहिरोबाट प्रभावित परिवारलाई दिने राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनले भने, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नेपाल सरकारले सम्भव भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडि बढाउन निर्देशन गर्दछ ।’

यस्ता छन् समितिका चार बुँदे निर्देशन

१. राज्य व्यवस्था तथा सुशासन समितिको यो बैठक नेपाल सरकारलाई सम्भव भएका सबै उपायहरू प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम तदारुकताका साथ अगाडी बढाउन निर्देशन गर्दछ ।

२. हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरू तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरूमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पुर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरूले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ ।

३. विभिन्न जिल्लाका अलपत्र परेका यात्रीहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न नेपाल सरकारलाई निर्देशन गर्दछ ।

४. वर्षाका कारण नष्ट भएका सिचाई कुलोहरू, पिउने पानी, विद्युत, टेलिफोन सडक आदिको तत्काल मर्मत गरी जनताको दैनिकी र यस अवस्थामा घाइतेहरूको औषधी उपचारलाई सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *