समाचार

श्रेष्ठ दिदिबहिनीद्धारा लगातार ४० घण्टा युगल नृत्य गरेर विश्व रेडर्क कायम गर्ने घोषणा

Sharing is caring!

जेठ २, २०७६ । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा गोल्डेन आई डान्स सेन्टरले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भ¥याङ स्वयम्भुस्थित् क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए । सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने पनि विश्वास दिलाए ।

उनले भने,‘नेपाली चेलीहरुले त्यो पनि मेरै क्षेत्रका छोरीहरुले यस्तो विश्व किर्तीमानी कायम गर्न लागेको थाहा पाउँदा खुशी लागेको छ । उहाँहरुको नृत्य अवधिभर मेरो पनि साथ रहन्छ । म पनि दिनरातै त्यहाँ उपस्थित हुन्छ । मेरो परिवार पनि यसमा सरिक हुने कुरा जानकारी गराउँछु ।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले श्रेष्ठ दिदिबहिनीले विश्व किर्तीमानी कायम गर्ने दाबी गरे । यसअघिपनि बन्दना नेपालले क्लबमार्फत नै विश्व किर्तीमानी गर्ने घोषणा गरेको र पछि सफल भएको धमलाले सुनाए ।

धमलाले भने,‘यसपटक पनि श्रेष्ठ दिदिबहिनीहरुले क्लबमार्फत यो घोषणा गर्नुभएको छ, म दाबाका साथ भन्छु उहाँहरुले पनि विश्व किर्तीमानी कायम गर्नुहुन्छ । उहाँहरुमा मेरो शुभकामना छ ।’ रिपोर्टर्स क्लब, प्राईम टाईम्स टेलिभिजन, नेपाली रेडियो नेटवर्कलगायत विभिन्न मिडियामार्फत उक्त ईभेन्ट कभरेज गरिने र आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहनेपनि धमलाले प्रतिबद्धता जनाए ।

कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड ईभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुई वटा विश्व रेडर्क कायम भैसकेकोले यसपटक पनि सफल हुने विश्वास दिलाए । लामाले विश्व रेडर्क कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीहरुमा आफूले अदभुत क्षमता पाएको पनि सुनाए ।

लामा विगत लामो समयञदेखि मोटिभेश्नल स्पिकरको रुपमा काम गर्दै आएका छन् । उनले भने,‘श्रेष्ठ दिदिबहिनीहरुले यो कार्यक्रममा विश्व किर्तीमानी कायम गर्नुहुन्छ । त्यसको लागि मैले उहाँहरुको आत्मविश्वास बढाउनेदेखि आवश्यक उत्प्रेरणाको लागि तालिमपनि दिँदै आएको छु।’

कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तीमानी कायम हुने विश्वास व्यक्त गरे । यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे । कार्यक्रमको सञ्चालन सिर्जना अधिकारीले गरेकी हुन् ।

कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए । उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन् ।

यसअघि यो किर्तीमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवल्र्डको नाममा छ । उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *