लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच झडप
साउन २६, २०७६ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको छ र दर्जनो घाइते भएका छन् ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापन अनुसार परीक्षा लिइरहेको छ।

