अखवार

लकडाउनमा पनि जारी छ माथिल्लो तामाकोशी लगायतका जलविद्युत् आयोजनाका काम

Sharing is caring!

बैशाख २७, २०७७ । कोरोनाको संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । यसलाई कोरोनाविरुद्ध लड्ने महत्वपूर्ण हतियार मानिएको छ । विपद्को समयमा सामाजिक दूरी कायम राखेर नियमित काम गर्ने वातावरण मिलाउनेहरु पनि उत्तिकै छन् ।

मन्त्रिपरिषद्को यही वैशाख २४ गते बसेको बैठकले निर्माण क्षेत्रमा सामाजिक दूरी कायम गरेर काम गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । सरकारले स्पष्टरूपमा विकास आयोजनासम्बन्धी काम गर्न पाउने गरी आवश्यक प्रबन्ध गरेको छ ।

त्यसमा राष्ट्रिय गौरवका आयोजनाहरु, सरकारी तथा निजीस्तरबाट सञ्जलविद्युत् आयोजना, सिंचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरणको काम गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ ।

राष्ट्रिय गौरवलगायत विकास निर्माणका आयोजनामा काम गर्ने श्रमिकलाई सम्बन्धित आयोजनाले दैनिकरूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्ने, श्रमिकलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउनुपर्ने सरकारको निर्णयमा उल्लेख छ ।

आयोजनास्थलमा स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने गरी सरकारले स्पष्ट निर्णय गरेको छ ।

त्यसका लागि लाग्ने आवश्यक खर्च भने सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्नुपर्नेछ । त्यस्तै ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानी, सिमेन्ट उद्योगका लागि खानी सञ्आवश्यक चुनढुंगा, कोइला, क्लिंकरको उत्पादन, संकलन र ढुवानीसम्बन्धी कार्य पनि गर्न सकिने प्रबन्ध गरिएको छ ।

सरकारको पछिल्लो निर्णयले केही सहज भए पनि स्थानीय निकायका आफ्नै नियमका कारण केही जटिलता भने पैदा हुने अवस्था छ । कोरोना संक्रमण हुने डरले स्थानीय निकायले सहजै काम गर्न दिने अवस्था तथा बुझाइमा भने केही समस्या भने उत्तिकै रहेको आयोजनाको बुझाइ छ ।

चिलिमे जलविद्यत् कम्पनीको सहायक कम्पनी साञ्जेनले रसुवामा निर्माण गरिरहेको दुई आयोजनाको काम लकडाउनको समयमा जारी नै थियो । सिभिललगायतका निर्माणको काम भए पनि इलेक्ट्रोमेकानिकल तथा अन्य प्राविधिक काममा भने समस्या उस्तै रहेको छ ।

हाल आयोजनामा २५० बढी नेपाली कामदारले काम गरिरहेको साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । ‘सरकारको पछिल्लो निर्णयले कार्यालय सञ्चालनलगायतका विषयमा सहज भएको छ, त्यसलाई थप सहज वातावरण बनाइदिन स्थानीय निकायको पनि थप सक्रियता जरुरी छ ।’

लकडाउनका कारण आयोजनाका काम नियमितजसो नै भए पनि अपेक्षित भने रहेको छैन । आयोजनास्थलमा पठाइएका कामदार तथा कर्मचारीले अनिवार्यरूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ । कोरोनाका कारण आयोजना निर्माणको काम झण्डै छ महीना पर धकेलिने अवस्था सृजना भएको छ ।

कम्पनीले दुई आयोजना निर्माण गरिरहेको छ । कुल ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन निर्माण गरिरहेको र आयोजनाको भौतिक प्रगति समग्रमा ८० प्रतिशतको हाराहारीमा रहेको छ ।

नेपाली कामदारले काम नियमित गरिरहेको भए पनि चिनियाँ कामदार आउन नसक्दा मेसिन जडानलगायतका काम भने अगाडि बढ्न सकेको छैन ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार निर्माण सामग्रीको आयातमा भने कुनै समस्या हालसम्म देखिएको छैन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आवश्यक सहजीकरण गरेका कारण समस्या नभएको उनको भनाइ छ ।

रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको १११ मेगावाट क्षमताको रसुवागढीमा पनि काम जारी नै छ । भौतिक निर्माणको काम भइरहेको भए पनि मेसिन तथा अन्य काममा भने समस्या देखिएको छ ।

उता राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशीको काम पनि लकडाउनमा जारी छ । सरकारको पछिल्लो निर्णयले केही सहजता थपिने आयोजनाले विश्वास लिएको छ । सो आयोजनाको कुल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ ।

सबैभन्दा जटिल मानिएको दुई ओटा ठाडो सुरुङमा पाइप जडान र अन्य भौतिक निर्माणको कामसमेत भइरहेको छ । यस्तै अन्य आयोजनामा पनि काम जारी छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *