समाचार

रास्वपाले बोलायो आकस्मिक भेला

Sharing is caring!


असोज ६, २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।

सभापति रवि लामिछानेका साझेदार पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा नेताहरू पार्टी कार्यालयमा भेला भएका हुन्।

यद्यपि सभापति लामिछाने भने पार्टी कार्यालयमै छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंका गर्दै रास्वपाले भेला डाकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *