अखवार

राजधानीमा हैजा देखियो

Sharing is caring!

जेठ २६, २०७५ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाको उपचार गराउन आएका एक बिरामीमा हैजा देखिएको छ ।

अस्पताल स्रोतका अनुसार रोगीको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन: परीक्षण गर्दा हैजा नै भनी किटान भएको हो।

अनियन्त्रित रूपमा चौलानीजस्तो पातलो दिसा हुने रोगलाई बोलीचालीमा झाडापखाला (डाइरिया) भनिन्छ भने रोगीको पखालामा ‘ब्याक्टेरियम भिब्रियो कोलेरी’ नामक ब्याक्टेरिया जीवाणु देखियो भने त्यसलाई हैजा भनिन्छ। भिब्रियो कोलेरीबाट संक्रमित दूषित खाना वा पानी खाँदा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ।
विज्ञका अनुसार महामारीमा हैजा संक्रमित व्यक्तिको दिसाबाट अन्य व्यक्तिमा फैलिन्छ। हैजा लागेमा धेरै मात्रामा बान्ता र पखाला हुनाले शरीरमा भएको पानीसँगै द्रव्य र लवण (नुन) समेत निस्किन्छ। शरीरबाहिर निस्किएका यी पदार्थको तत्काल आपूर्ति नभए संक्रमित व्यक्तिको मृत्युसमेत हुन सक्छ।
हैजाको सुरुवात पखाला र बान्ताबाट भए पनि समयमै उपचार नभए ज्यानै जान सक्ने आैंल्याउँदै डा.पुन भन्छन्, ‘हैजामा प्यास बढी लाग्छ, नाडी मन्द हुन्छ, पिसाब कम आउँछ र मानिस बेहोस हुन सक्छ।’ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हैजाका जीवाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा रोगको लक्षण देखिन सक्छ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *