समाचार

बाढी–पहिरोले काभ्रे र पाँचथरमा ४ जनाको मृत्यु

Sharing is caring!


असोज १२, २०८१ । लगातारको अविरल वर्षापछिको पहिरोमा परेर काभ्रे र पाँचथरमा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । काभ्रेको तेमाल गाउँपालिका–७ का भिम बहादुर तामाङको घर पहिरोले पुरिँदा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पाँचथरको फिदिम नगरपालिका–४ भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेको नाम खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै काभ्रेको पनौती नगरपालिका ११ थुम्कीमा पहिरोले घर पुरिंदा पाँच जना बेपत्ता भएका छन् ।

यस्तै धनकुटा पाख्रिबास नगरपालिका गुँरासेका सन्तोष तामाङ्गको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ३२ वर्षीया आशा तामाङ्ग र आमा ५० वर्षीया रामकुमारी तामाङ्ग बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *