समाचार

प्रधानमन्त्री पत्नी सीताको निधन

Sharing is caring!

असार २७, २०८० । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ ।

लामो समय देखि अस्वस्थ सीताको आज (बुधबार) बिहान अचानक शरिरमा अक्सिजनको मात्र घटेपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो । बिहान सवासात बजे थप उपचारका लागि नर्भिक पु¥याइएको थियो । तर, उनको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमो ८ बजेर ३३ मिनेट निधन भएको अस्पतालले जनाएको छ ।

सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)भनिन्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो ।

उनको पार्थीव शरिरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । त्यसपछि दिउँसो २ बजे पशुपतिमा अन्तिम संस्कारका लागि लगिने माओवादी सचिवालययले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *