देश

प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

Sharing is caring!

जेठ ४, २०८१ । प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर, राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजे बोलाइएको बैठक पनि स्थगित गरिएको छ ।

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार, अर्को बैठक जेठ ६ गते आइतबार बिहान ११ बजे बोलाइएको छ ।
नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *