अखवार

चोरीको मोटरसाइकल भेटीनेको सङ्ख्या न्यून

Sharing is caring!

भदौ ३०, २०७५ । महानगरिय ट्राफिक प्रहरी कार्यालय रामशाहपथको रेकर्ड अनुसार मोटरसाइकल चोरी भई भेट्टाउनेको सङ्ख्या न्यून रहेको पाइएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७३/७४ मा १०१४ मोटरसाइकल हराइ निवेदन परेकोमा २२९ तथा आर्थीक वर्ष ०७३/७४ मा १३८१ हराएकोमा ३७६ ओटा मात्र फेला पारेको थियो ।


स्रोतः महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ

महानगरिक ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता तथा प्रहरी निरिक्षक जितेश दाहालले चोरले मोटरसाइकल जिल्ला बाहिर प्रहरी उपस्थित नहुने ठाउँमा चलाउने, नम्बर परिवर्तन गर्ने र मोटरसाइकलका पार्टपुर्जा छुट्याइ चरणगत रुपमा बेच्न गरेको हुनाले कम फेला पर्ने गरेको स्वीकारे । दाहालले महाशाखाको टोली पहाडी जिल्ला सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली तथा ताराइका सिराहा, महात्तरी, सर्लाही, रौतहट जस्ता जिल्लामा खोजतलासमा जाने गरेकाले र त्यसको उपलब्धी पनि राम्रै भएको हुनाले यस्ता कार्यक्रम नियमित गर्ने योजनामा महाशाखा रहेको बताए ।

ट्राफिक प्रहरीद्वारा फेला परेका १४ मोटरसाइकल हस्तान्तरण :
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार विभिन्न समयमा हराएका मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तर गरेको छ । ट्राफिक प्रहरीले निवेदनका आधारमा खोजतलास गर्दा विभिन्न समयमा सार्वजनिक, घर तथा सार्वजनिक स्थानमा वेवारिसे तरिकाले पार्किङ गरेको अवस्थामा हराएका १४ ओटा मोटरसाइकल महासाखाले फेला पारी हस्तान्तर गरेको हो ।

एसएसपी तथा महाशाखा प्रमुख वसन्तकुमार पन्तले मोटरसाइकल हस्तान्तर गर्दै तपाईहरुको सामान्य त्रुटीका कारण मोटरसाइकल हराएको देखिएको हुनाले ह्याण्डल लक, चेन लक, व्हिल लकलगायत सुरक्षाका उपयहरु अपनाउन अनुरोध गरे । उनले ट्राफिक प्रहरीले हराएका मोटरसाइकल खोज्न धेरै मेहनत गर्नु परेकोले मोटरसाइकल भेटिएको विषयलाई सामन्य रुपमा नलिन सुझाव दिए । विशेष गरेर एकान्त र अध्यारो ठाउँबाट मोटरसाइकल हराउने भएकाले त्यस्ता ठाउँमा मोटरसाइकल पार्किङ नगर्न र कुनै मोटरसाइकल चोरीहुन र चोरी भइरहेको देखेमा प्रहरीलाई खबर गर्न अनुरोध गरे ।

कार्यक्रममा मोटरसाइकल धनी टङ्कनाथ घिमिरेले मेरो आफ्नै कारणले मोटरसाइकल हराएको हुनाले लापरवाही नगर्न अन्य साथीहरुलाई पनि अनुरोध गरे । उनले मैले सार्वजनिक ठाउँमा पार्किङ गरेर ह्याण्डल लक गरेर ३/४ घण्टा काममा जाँदा हराएको बताए । प्रविधिको विकास भएको हुनाले प्रविधिको प्रयोग गरेर आफ्नो सामानको सुरक्षा गर्न मोटरसाइकल धनीलाई अनुरोध गरे ।यो खबर आजको आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *