समाचार

कृष्णनगरमा लगाइएको कर्फ्यु हटाइयो, जनजीवन सामान्य

Sharing is caring!

कात्तिक ५, २०७५ । कपिलवस्तुको कृष्णनगरमा दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कर्फ्यु  हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको छ ।

शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको थियो । तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ मूर्ति विर्सजन गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

विगतका दिनमा पनि यस्ता प्रकारका घटना दोहोरिहेकाले चाडपर्वमा प्रहरी प्रशासन संयमित हुनुपर्ने अधिकारकर्मी रामदयाल ठाकुर बताउँछन् । शुक्रबार नै प्रहरीले विगतका घटनालाई अध्ययन गरी अवस्था आँकलन गरेर कडा सुरक्षामा मूर्ति विर्सजन गर्ने वातावरण सिर्जना गरेको भए यस्तो अवस्था सिर्जना नहुने उनको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *