समाचार

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

Sharing is caring!


साउन २४, २०८१ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधवारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा सय दिने सङ्गठनात्मक अभियान भदौ १५ देखि मङ्सिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ सङ्गठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *