समाचार

एसईई विद्यार्थीलाई लक्षित ‘स्टेप बृहत् शैक्षिक मेला’ को आयोजना हुँदै

Sharing is caring!

जेठ ३१, २०८० । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंको जोरपाटीस्थित् पिस ब्याङ्क्वैटमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना हुने भएको छ।

माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ्ग एन्ड इभ्यालुसन प्रोस्युडर (स्टेप) काठमाडौं नेपालले मङ्गलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।

स्टेपको मुख्य उद्धेश्य शिक्षालयहरुबीच भाइचारा सम्बन्ध स्थापित गर्दै आफ्ना सदस्य संस्थाहरूभित्र अध्ययन गर्ने विद्यार्थीहरूको पठनपाठन, अतिरिक्त क्रियाकलाप तथा मूल्याङ्न प्रणालीलाई व्यवस्थित गर्नु रहेको स्टेपले विज्ञप्ती सार्वजनिक गर्दै जनाएको छ।

स्टेपले आगामी असार १ र २ गते माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी विद्यार्थीहरूका लागि स्टेपमा आवद्ध रहेका शिक्षालयको परिचय, त्यहाँ पठनपाठनका विषय, २ करोड बराबरको छात्रवृत्ति प्रदान, अतिरिक्त कृयाकलापका कार्यक्रम तथा ती शिक्षालयलले प्रदान गर्दै आएका शैक्षिक तथा भौतिक सुविधाहरूको जानकारी दिनका लागि ‘स्टेप बृहत् शैक्षिक मेला–२०८०’ आयोजना गर्न लागेको जनाएको छ।

सो कार्यक्रममा प्रत्यक्ष-अप्रत्यक्ष गरि करिब १५० भन्दाबढी शिक्षालयको सहभागिता रहने र काठमाडौं उपत्यकाभित्रका ५ हजार विद्यार्थी सहभागिता हुने स्टेपको दाबी छ ।

सो कार्यक्रममा विद्यार्थीले स्टेपसम्बद्ध शिक्षालयको बारेमा जानकारीका साथै चर्चित नेपाली कलाकारहरूका गीत, सङ्गीत, नृत्यका माध्यमबाट मनोरञ्न लिँदै विभिन्न उत्प्रेरक व्यक्तिबाट उत्प्रेरक मन्तव्य सुन्न र हेर्नपाउने व्यवस्था गरेको स्टेपले जनाएको छ।

स्टेप बृहत् शैक्षिक मेला–२०८० को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्न स्टेपले आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै संस्थाका कोषाध्यक्ष रामप्रसाद दाहालले संस्थाको बारेमा जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आग्रह गरे।

कार्यक्रम संयोजक कृष्ण गौतमले एसईई उत्तिर्ण विद्यार्थी र उनीहरुका अभिभावकहरूले आगामी शिक्षाका लागि धेरै विद्यालय धाएर विद्यालयको बारेमा जानकारी लिनु अप्ठ्यारो हुनेहुँदा सोका लागि संस्थाले धेरै विद्यालयहरू एक ठाउँमा जम्मा गरेर एक ठाउँबाटै सबै विद्यालय र विद्यालय प्रदान गर्ने सेवा÷सुविधाको बारेमा जानकारी लिन सहज होस् भन्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिरहेको बताए।
उनले उक्त कार्यक्रममार्फत करियर कोचिङ्, उत्प्रेरणात्मक कार्यक्रम, विद्यार्थीहरूले रोजेको विषयमा ज्ञान प्रदान र मनोरञ्जन प्रदान गरिने बताए।

यस्तै, अध्यक्ष मदनकुमार सुबेदीले संस्थाले विद्यार्थीहरूलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उक्त कार्यक्रमले विद्याथीहरूको ठूलो जिज्ञासा मेटाउने दाबी गरे।

उक्त कार्यक्रममा विद्यार्थीहरूको विभिन्न जिज्ञासा मेटाउने बताउँदै उनले भने, ‘तपाईंले के पढ्ने, तपाईंको व्यक्तिगत प्रकृति र पारिवारिक प्रकृति आवश्यकत्ता के हो? तपाईंलाई के चाहिएको छ, त्यो तपाईंले महसुश हुनेगरि तपाईंले आफूले आफूलाई चिन्नेगरि आफ्नो पहिचान गर्नेगरि हामी तपाईंलाई विभिन्न किषिमले धेरै जानकारी गराउनेछौं।’
उनले सम्पूर्ण विद्यार्थीहरू र अभिभावहरूलाई कार्यक्रममा आमन्त्रणसमेत गरे । कलेजले पढाइका साथै कलेजले दिने सेवासुविधा सो कार्यक्रममा पुगेर जानकारी लिन सक्ने उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *