आन्तरिक/अन्तर्राष्ट्रिय उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय
बैशाख १३, २०७७ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई आगामी जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको सचिव नारायण विडारीले जानकारी दिए।
‘हवाई उडानहरु वैशाख १८ गतेसम्म स्थगित थियो । उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।

