समाचार

आज यी तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा, चट्याङ्ग र हिमपातको सम्भावना

Sharing is caring!

वैशाख ६, २०८२ । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ, जसका कारण कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा भारी वर्षा, चट्याङ्ग र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ, र केही स्थानमा हल्का वर्षासहित मेघगर्जन र चट्याङ्गको गतिविधि पनि देखिनसक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले स्पष्ट पारेको छ। त्यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको संभावना पनि देखिएको छ। विशेष गरी, कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्छ।

आज राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भू–भागमा मुख्यत: सफा आकाश र आंशिक बदली रहने अनुमान गरिएको छ।

मौसमको यो अप्रत्याशित परिवर्तनले कृषकहरू, दैनिक जीवनमा संलग्न जनतालाई चुनौती पेश गर्न सक्छ। महाशाखाले कृषि, सडक यातायात र हवाई यातायातमा असर पर्न सक्ने चेतावनी दिँदै नागरिकलाई सतर्क रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *