अस्पतालको लापरबाहीले सुत्केरी महिलाको मृत्यु,आफन्तद्वारा अस्पतालमा तोडफोड
भदौ १६, २०७५ । अस्पतालको लापरबाहीले सर्लाहीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका ११ स्थित नमूना अस्पतालमा महिलाको मृत्यु भएपछि आफन्त, गाउँले एवम् माईतीपक्षले तोडफोड गरेको छ।
हरिवन नगरपालिका वडा नं. ७, पटौना निवासी अनकबहादुर थापाकी श्रीमति ३१ वर्षीया अप्सरा थापाको मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेपछि अप्सरालाई शुक्रबार राती करिब ८ बजे नमूना अस्पतालमा ल्याइएको थियो । अप्सरालाई तिन घण्टा राखेपछि अस्पतालले रिफर गरेको आफन्तले बताएका छन्। थप उपचारको लागि वीरगञ्जतर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो।

