समाचार

बिआरआई र एमसिसी परियोजनाले नेपाललाई घाटा हुँदैन् : नेता रमेश पौडेल

Sharing is caring!


असार ८, २०८१ । सत्तारूढ नेकपा (एमाले)का युवा नेता रमेश पौडेलले सरकारले ल्याएको अहिलेको बजेटको विरोध गरेका छन् । उनले बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने टिप्पणी गरे । पौडेलले अहिले देशमा युवा नरहेको बताए ।

उनले भने, ‘यही तरिकाले अबको २५-३० वर्षपछि गाउँबस्ती रित्तो हुनेछ । गाउँमा युवाहरु नै छैनन् । गाउँमात्रै नभएर अहिले शहरपनि युवाविहीन छ । हाम्रो गाउँ यही अवस्था रहने हो भने ३० वर्षपछि गाउँहरु बसाईसराईंको प्रमाणपत्र दिनेमात्रै ठाउँ बन्छन् ।’

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले देश बनाउन सकिने विश्वास दिलाए । उनले भने, ‘नेपाल बनाउन सकिन्छ । समृद्ध नेपाल हामीले नै बनाउने हो । तर तरिका बदल्न जरुरी छ । शैली बदल्न जरुरी छ । भाका बदल्न जरूरी छ । नेपालका युवाहरुलाई स्वदेशमै गरिखाने बनाउनुपर्छ । सरकारले त्यहीअनुसार नीति ल्याउनुपर्छ । यो बजेटले ती कुरा समेट्न सकेको छ त? यो समिक्षाको विषय हो । बजेटले त्यतातर्फ समेटन । अहिलेको बजेटले कति युवालाई रोजगारी दिन्छ ?’

नेता पौडेलले विदेशी पुँजी र प्रविधिको साथ लिएर देशको स्वाधिनता र स्वाभिमान बचाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले बिआरआई, एमसिसीलगायतका परियोजनाले नेपाललाई घाटा नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *